प्रधानमन्त्री ! मैले तिमीलाई
बधाई दिन कुनै औचित्य देख्दिनँ ।
म तिमीलाई बधाई दिन सक्दिनँ ।
महाकाली सन्धि पास गर्नु पूर्व सन्ध्यामा
तिमीले बडो फूर्तिका साथ भनेका थियौ
महाकाली नदीबाट
वर्षेनी एक खरब बीस अरब आउँछ भन्थ्यौ त ?
कम्युनिष्टहरू साँचो बोल्छन् इमान्दार हुन्छन् ।
पढ्दै आएको थिए
व्यवहारमा पारङ्गत हुन्छन् सुन्दै आएको थिए ।
यतिका समय महाकाली नदी बगिरहेको छ ।
अविचल, अक्षुग्ण भएर
यतिका समय बितिसक्दा
ती अपार सम्पत्ति थुप्रिएको सुनेको छैन ।
यसरी देशलाई ढाँटेर
महाकाली सन्धि माथि
राष्ट्रघात गरेका थियौ ।
तिम्रै साथीको शब्द सापटी लिएर भन्छु –
महाकाली बेचेर पार्टीमा गुटको आखडा बनाएका छन् ।
महाकाली सन्धि के.पी. ओलीको टर्निङ पोइन्ट हो । देशभक्त तानाशाह कवितासङ्ग्रह, २०८१ बाट
स्यावासी खान र थाप्न पल्केका
नेपाली लेण्डुपेहरू
देशभक्ति नेपालीहरूको कम्पनले
ओलीको सातो गएको छ ।
एमसीसीको घात प्रतिघातको बर्को ओढेर
देश र देशवासी माथि तिम्रो प्रहार
अमेरिकामा ठोक्किएको छ । नेपाल एकीकरणका प्रवर्तक नामक कवितासङ्ग्रह २०८२ बाट
भारतीय सरकारको हरकत
चीन र भारत बीच भएको युद्धको चपेटाबाट भारतीय सैनिकहरूलाई केही समयको आवासका लागि तत्कालीन भारतीय प्रधानमन्त्रीको अनुरोधलाई तत्कालीन राजा महेन्द्रद्वारा केही समयका लागि आवास दिइएको थियो । सो स्थललाई यसबेला भारतले आफ्नो अधिनस्थ बनाएर चीनसँगको सहकार्य गर्दै बाटो निर्माण गरेको छ । भारतीय सरकारद्वारा नेपालको अधिकार क्षेत्र नेपालको भूमिबाट चीनसम्म जोडिने बाटो निर्माण गर्दै गर्दा तत्कालीन नेपाल सरकारको मौनता बुझिनसक्नुको भएको छ । हाम्रो भूमि माथि भारतीय सरकारद्वारा हाम्रो मञ्जुरी बिना सडक निर्माण गरिरहदा तत्कालीन नेपाल सरकारको तर्फबाट जिम्मेवार व्यक्तिहरूले मौनता साँधिरहनुको अर्थ के हो ? यी सबै बारे नेपाल सरकारले स्वेतपत्र नेपालीलाई जारी गर्नु पर्दैन ? राष्ट्रियताको अहम् सवाल उठिरहदा तत्कालीन सुरक्षा फौजहरू लाटाले पापा हेरे झैँ हेरेको दृश्यलाई देशभक्त सैनिकको प्रारूप र कर्तव्यबोध आदि बारे संसदमा प्रश्न किन उठेन ? देशप्रति छिमेकीद्वारा भइरहेको घात–प्रतिघातमा देशभक्त नेपालीको मुटुमा अनि राष्ट्रिय स्वाभिमानमा किन हलचल आएन ? उनीहरूको राष्ट्रियताको अहम्ता ओइलाउनुको कारण के हो ? नेपाली सेनाले आफ्नो राष्ट्रिय सुरक्षा र आफ्नो भूमिको सुरक्षा गर्न किन कन्जुस्याइँ ग¥यो ? तत्कालीन जिम्मेवार पदाधिकारीहरूले देशभक्त नेपालीहरूलाई जवाफ दिनु पर्दैन ? मुलुकका राष्ट्रिय गौरवका पहिचान सिंहदरबार, सर्वोच्च अदालत लगायतका ऐतिहासिक धरोहर जलिरहदा हाम्रा सैनिकहरू व्यारेकमा किन थुनिए ? यसको जवाफ सम्बन्धित तर्फबाट नेपाली जनतालाई अवगत गराउनु पर्दैन ?
देशप्रति घातका परिदृश्यहरू
विशेषत भारत सरकारका स्वेच्छाचारिताका मोदी सरकारको पुलुपुलाई तथा संरक्षणमा ओली चीनबाट फर्किन नपाउँदै ओलीलाई पदच्यूत गरिने तानाबुना बुनियो । राष्ट्रको अहम्तालाई ओलीद्वारा उठाउने काम गरियो त्यसका लागि उनलाई सन्मान गरिनुपथ्र्याे । ती सबैको उल्टो प्रारूपमा देशका विभिन्न भेगमा आगजनी गरियो । भारतीय सरकारको अहम्तामा तथा जेन्जीको निहुँमा स्कुले विद्यार्थी माथि भारतीय सरकारद्वारा प्रायोजित नाट्यलीलाबाट गोलीको निसाना लगाइयो । प्रचार प्रसार ओलीका विरुद्धमा आवाजहरू तेर्साइयो ।
विमल अधिकारीको भनाइ यस्तो रह्यो – वालेन अमेरिकी युथ काउन्सीलको मेम्बर हो भन्ने कुरा कसैले लुकाएर लुक्ने हो र ? अमेरिकी युथ काउन्सील देशभरि ९०,२०० सदस्य । काठमाडौँमा १२,००० सदस्य रहेको यो आन्दोलनमा घुसपैठ हुनु, बाइक र्याली कताबाट आयो ? कसको योजनाबाट आयो ? यो आन्दोलनमा घुसपैठी, त्इद्य कताबाट आयो ? सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन एम्बेसी आएर दबाब दिएको ।
“यो सरकार देश भित्रै रहेका देशद्रोहीहरूको सरकार हो । जसलाई विदेशीले चलाएका छन् ।” जेनजी घाइते – दिवाकर शाह
“काठमाडौँका वरिपरिका गुम्बाहरूमा हामीलाई प्रवेश गर्न किन दिइदैन ? पशुपतिमा छिर्न पाइन्छ । गुम्बाहरूमा किन पाइदैन ? धर्मावलम्बीका आडमा तिब्बतीहरूका गुम्बाहरूमा प्रवेश गर्न किन दिइदैन ?”
“जेनजी आन्दोलनमा प्रचण्डले नै आफ्नो कार्यकर्ताहरूलाई आगो लगाउन लगाएको आफ्नै मुखले बोलेका प्रमाण फेला परेको छ ।” – हर्क साम्पाङ समर्थक ग्रुप
“हामी नेपालको एबचभलतक बरबरा फाउण्डेशन, डा. सन्दुक रुइत हो । हामी जे गर्नु छ त्यो सोधेर गर्छौँ ।”
“हाम्रो पहिलो माग के रे ?” – सुदन गुरुङ
जो जेन्सी पुस्ताको माग आफैँलाई थाहा छैन । आन्दोलन कसले गरेको ? केको लागि गरेको ?
डा. सुरेन्द्र के.सी. फ्यान क्लबमा भनिएको छ – “के.पी. ओली अझै अहम् घमण्ड र तानाशाही नत्यागे लिवियाको गद्दाफीको हालत हुनेछ ।”
माथिका यी शब्दहरू डा. सुरेन्द्र के.सी. फ्यान क्लबका तर्फबाट माथिका शब्दहरू भनिएपछि मेरातर्फबाट थप्न मन लागेको छ –
“के.पी. ओली चिनिया सरकारको निम्तोमा गएका हुन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि नेपालको अहम् अग्राधिकारको क्षेत्र हो । हाम्रो भूमिमाथि भारत चीनको अग्राधिकारको प्रारूपहरू उनीहरूले कसरी जमाउन पाउँछन् ? नेपालको आफ्नो भूमिमाथि दुई ठूला शक्तिहरूद्वारा अहमता प्रदर्शन र बल मिचाइको कुनै तुक छैन । नेपालको भूमिमाथि दुई देशको तर्फबाट नेपाललाई पनि नसोधीकन जसरी भारत र चीनको रवैया वास्तवमै घृणितताको परकाष्ठा हो । राष्ट्र परिवेशको इतिहासमा ती क्षेत्रहरू अझै नेपालको भूमिमा पर्छ । जसको भूमि हो त्यसलाई नसोधीकन यस किसिमको बल मिचाईप्रति दुःख व्यक्त गरेको पाइन्छ । छिमेकी भनेको नै एक अर्काको दुःखमा सहमति हुनुपर्छ । यी सबै मानवीय जन्मका आधार स्तम्भ हुन् । यी भनाइको ख्याल गरिरहनुपर्छ ।
ओलीको चीन भ्रमण राष्ट्रियताप्रतिको ओज घोषणा
यी पङ्क्तिहरू लेखिरहदा आजसम्म मैले ओलीलाई भेटेको पनि छैन । उनी मेरो बारेमा के कति बुझेका छन्, मैले जब–जब एम.सी.सी. एवम् महाकालीमा उनको संलग्नता तथा त्यताबाट उनले कुम्ल्याएको सम्पत्ति कतै स्वीटजरलैण्ड तथा कम्बोडियामा देखा परेका कुरा मैले निकै लामो समयदेखि औँलाउँदै आएको छु । ओलीको चीन भ्रमणपछि म के भन्न बाध्य भएको छु भने पृथ्वीनारायण शाह, राजा महेन्द्र, राजा वीरेन्द्रको समकक्षमा उनलाई राख्न म बाध्य भएको छु । उनी १८ वर्षको जेल बसाइसँगै कक्षा ८ सम्म पढेका ओलीले जब–जब बेजिङमा उनको धारावाहिक अङ्ग्रेजीमा मुलुकको पक्षमा आफ्ना कुरा उद्घाटित गर्दै, लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको उनको अध्ययन, चिन्तन, मननको जसरी आजसम्म कसैले नगरेको मानक नै तोडेका छन् । स्कुले अध्ययनको ८ कक्षाको आफ्नो मुलुकको भौगोलिक परिवेश सम्बन्धीको अध्ययन, चिन्तनको उचाइको वर्णन त्यो पनि आफ्नो कमाण्ड नभएको अङ्ग्रेजीमा धारावाहिक रूपमा गरिएको ठोस, स्पष्टता ती भूमिहरू नेपालका अभिभाज्य भूमिहरूप्रति मेरो देशको भूमि हो । उनको यो राष्ट्रियताप्रतिको समर्पण, मैले उनीलाई एम.सी.सी. तथा महाकालीमा उनले गरेको घातलाई मलाई एकछिन ओझल बनायो । देशप्रति उनले देखाएको निष्ठाप्रति मेरो आँखामा आँसु भरिए । मेरा आँखाबाट आँसु झरे ।
म ओलीलाई यो भन्न बाध्य भएको छु, चीनमा तिमीले राष्ट्रको पक्षमा जसरी बोल्यौ म तिमीप्रति गर्वान्वित भएको छु । तिम्रो स्कुले जीवनको ८ कक्षा कसैले पनि नपत्याउने भएका छन् । तिम्रो अङ्ग्रेजी भाषाको कमाण्डका साथ मुलुकको स्थिति, मुलुकप्रतिको तिम्रो ज्ञान, तिम्रो राष्ट्रियताप्रतिको अगाधतालाई फेरि पनि नमन गर्छु ।
जब–जब तिमीले चीनको माटोमा उभिएर देशप्रति जुन अगाधता देखायौ । जब कि तिम्रो भ्रष्टाचारको गन्ध एम.सी.सी. र महाकाली सन्धि गर्दा तिमैले वर्षको अरबौँ÷अरबको सपना देखाएका थियौ । ती सपनाहरू यसबेला कम्बोडिया र स्वीटजरलैण्डमा देखिएका छन् । ती सम्पत्तिहरू खुरुक्क त्यताबाट फर्काएर ल्याउ र राष्ट्रको नाममा सुपर्दगी गरेर, जसरी चीनमा आफूलाई देशभक्तको प्रारूपमा लिम्पियाधुरा, लिपुलेक, कालापानीमाथि भारतीय सरकार लुटाहा प्रवृत्ति विरुद्ध जसरी शङ्खघोष ग¥यौ तिम्रो अहम् अजेयको पक्षमा देशभक्त नेपाली जनता उभिएका छन् ।
तिमी चीनबाट फर्किएको हप्ता दिन बित्न नपाउँदै भारत सरकारद्वारा देशघातीहरूको संलग्नतामा तिमीलाई सत्ताच्यूत गरिएको घटना देशभक्त नेपालीलाई जानकारी छ । जब कि राष्ट्रले लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सरकारको हेपाहा प्रवृत्तिको विरोधमा उनको दमदार अभिव्यक्तिको स्वागत गरिनुपर्थो । संसदले नै सम्मान गरिनुपथ्र्यो । यो ऐतिहासिक सन्मान देशले फर्काउनुपथ्र्यो । संसदले ओलीलाई जसरी अपमान गरेर त्यो पनि भारतीय सरकारको लहैलहैमा ग¥यो यसका लागि ती देशद्रोहीका विरुद्ध ढिलो चाँडो जवाफ पाउने नै छन् ।
राष्ट्रियताको पक्षमा विशेषत लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय अतिव्रmमणका साथै हाम्रो भूमिप्रति छिमेकी भारत सरकारको यो हर्कतपूर्ण कार्यका लागि जति नै निन्दा गरे पनि कमै हुन्छ । यी माथिका उल्लिखित क्षेत्रहरू नेपालको अग्राधिकार क्षेत्र हुन् । ती सम्वेदनशील क्षेत्र हुन् । हाम्रै भूमिमाथि भारतीय दादागिरी, हाम्रै भूमिलाई लुटपाट गरेर दादागिरी शैलीलाई देशभक्त नेपालीले कहिले पनि स्वीकार्दैनन् । यी माथिका भूमिहरू हाम्रो पुर्खाद्वारा आज्र्याको भूमि हो । भारत सरकारलाई चेतना भया ।
देशप्रति घातका छनकहरू
सुशीला कार्कीको प्रधानमन्त्रीमा चयन हुनु, कानूनी प्रव्रिmयाभन्दा फरक शैलीबाट उनी आएकी छिन् । यसरी फरक किसिमबाट आउनु र त्यसलाई अनुमोदन गर्नेहरू माथि नै प्रश्न चिन्ह लगाउन सकिन्छ ?
मुलुक भित्र भइरहेको आन्दोलनको आर्थिक टेवा ढाँचा बारबारा फन्डस, तिब्बतीहरूलाई नेपाली नागरिकता दिलाइदिने किसिमबाट आएको छ यो आफैँमा विवादस्पद पनि आएको छ । प्रधान न्यायाधीशबाट निवृत्त भएकी सुशीला कार्कीलाई प्रधानमन्त्रीमा व्यवस्थापन गरिनु आफैँमा गल्तीलाई पुनरावृत्त गर्नु हो । उनी प्रधानमन्त्रीमा फर्किनु पछि मुलुकमा रहेको भगौडा तिब्बतीहरूलाई ४० हजारको तादातमा रहेको नेपाली नागरिकता प्रदान गर्ने ग्यारेन्टी दिएको छ । यो किसिमबाट नेपाली नागरिकता तिब्बती शरणार्थीहरूलाई बाँड्ने हो भने आँउदा दिनहरूमा नेपाल रणक्षेत्रको मैदान हुनेछ । चीन नेपालको असल मित्र हो । उसलाई चिढाएर, ऊसँग जोरीपारी गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । यो अहम् सवाल मुलुकमा आउने सरकारले यो अहम् सवाललाई हृदयदेखि मनन गरेर चीनप्रति एउटा छिमेकी सरकारले गर्नुपर्ने कर्तव्यमा हामी अडिनु नै चीनप्रति हाम्रो भरोसाप्रद मित्र हो । यो अहम् गुह्यता मनैदेखि अवलम्बन गर्दै जानुपर्छ ।
जेन्जीको नाममा स्कुले विद्यार्थीको हत्या गरेको छ । यी सबै हत्याको पछाडि नेपाल प्रहरी या सेनाले नगरेर यसका पछाडि तिब्बतीहरूको जत्थाद्वारा गरिएको, तिब्बतीहरूको आवरणमा स्कुले विद्यार्थीहरूको बन्दुकद्वारा हत्या गरिएको समाचारहरू आएका छन् । तिब्बती शरणार्थीका जत्थाहरूको बाहुल्यताबाट विद्यार्थीमाथि गोली वर्षाइएको कुरा आएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले मोदी सरकारको टाउको दुखेको छ । भारतीय सरकारद्वारा नेपालको अभिन्न अङ्ग लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय सैनिकहरूको डफ्फा राखेर, नेपालप्रति घात प्रतिघात गरेको छ । ती हाम्रा मुलुकका भूमिहरू माथि बल मिचाइका कारण हाम्रा प्रधानमन्त्री के.पी. ओलीद्वारा दिइएको मुहतोड जवाफका विरुद्ध आत्तिएर प्रतिशोधको प्रारूपमा नेपालमाथि विध्वंश मच्चाएको व्यहोरा घाम जत्तिकै छर्लङ्ग भएको छ । भारतीय सरकारको विशेषत नरेन्द्र मोदीको आकाङ्क्षा, नेपालमाथि घात प्रतिघात गर्नका लागि के.पी. ओलीलाई पदबाट विस्थापित गर्नका लागि आला–काँचालाई अघि सारेर, भारत सरकारद्वारा सुदन गुरुङको जत्थालाई तालिम दिएर, नेपालमा उर्लिरहेका राष्ट्रवादी आन्दोलन माथि थुनचेकको लागि, जेीन्जी आन्दोलनको आवरणमा नेपालमाथि अस्थिरता ल्याउनका लागि भारत, अमेरिकी सरकारद्वारा तयार गरिएको गठजोड माहौलको करामत हो भनेर भन्न सक्छौ ।
स्मरण रहोस् नेपालस्थित भारतीय राजदूतावासद्वारा नेपालमा रहेका झण्डै झण्डै ४० हजार तिब्बतीहरूलाई नेपाली नागरिकता वितरणको लागि प्रधानमन्त्री सुशीला कार्कीलाई जिम्मा दिइएको स्पष्टता नेपाली अखबारहरूमा देखा पर्न थालेका छन् ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया