|
|
२०८२ कार्तिक ११
918 views
ललितपुर - ललितपुर । ललितपुरको च्यासल स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय भवनको मर्मत थालिएको थालेको छ ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको हो । एमाले केन्द्रीय कार्यालयका एक सूचना अधिकारीका अनुसार तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम भइरहेको छ ।
इन्जिनियरले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत थालेको हो । आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।
गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

बिजनेस पाटी