२०८२ फाल्गुन ६ | Feb 18, 2026

फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १४
|
13k views

ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आइतबारदेखि बुधबारसम्म निरन्तर घटेको सुनको मूल्य विहीबार भने स्थीर थियो । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा २७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम रहेको सुनको मूल्य शुक्रबार भने बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया