अमेरिकासँग नेपाल ४ विकेटले पराजित

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १६
|
816 views

ललितपुर - आईसीसी विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको छ।

आईसीसी एकेडेमी मैदानमा भएको खेलमा नेपालले दिएको २७२ रनको लक्ष्यलाई अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गरेसँगै नेपाल ४ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्र सिं ऐरीले सर्वाधिक ७५ रन बनाएका थिए। त्यस्तै, करण केसीले ४९ र कुशल भुर्तेलले ४७ रन बनाएका थिए।

जवाफी ब्याटिङ्गमा उत्रिएको अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय पारी खेले। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुल्शन झाले १–१ विकेट लिए।

आजको खेलपश्चात अमेरिका २३ खेलबाट ३४ अंकसहित लिग २ अंक तालिकाको शीर्ष स्थानमा छ भने नेपाल १९ खेलबाट १२ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

 पात्रो/राशिफल  रेडियो YouTube