२०८२ फाल्गुन ६ | Feb 18, 2026

आइपिओ निष्कासन गर्ने तयारी गरेको राष्ट्रिय खाद्य बैंकसँग कति छ सम्पती?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १७
|
2.1k views

सगिता सुबेदी
ललितपुर । नीजि क्षेत्रबाट खुलेको राष्ट्रिय खाद्य बैंक लिमिटेडले गत महिना आफनो ५औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो बार्षिक साधारण सभाबाट खाद्य बैंकल आम सर्वसाधारणका लागि शेयर (आइपिओ) जारी गर्ने प्रस्ताब समेत पारित गरिसकेको छ । आइपिओको लागि खाद्य बैंकले आफनो योग्यता पुरा गरिसकेकोले आगामी १ बर्ष भित्रै सार्वसाधारणमा करिव ३० करोड बराबार रकमको आइपिओ जारी गर्ने बैंकले बताएको छ । गत भदौ महिनामा बंैकले आइपिओ निष्कासनको कामको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झोता गरिसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि धितोपत्र बोर्डमा निबेदन जानेछ ।

दिगो कृषि उत्पादन, हाम्रो अभियान नारा सहित नीजि क्षेत्रबाट खुलेको पहिलो ’फुड बैंक‘ राष्ट्रिय खाद्य बैंकसँग हालसम्म १,०२० जना प्रमोटर शेयर रहेको कम्पनीको बार्षिक प्रतिबेदन, २०८२ मा उल्लेख छ । ०७७ साल कार्तिक ४ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भइ सञ्चालनमा रहेको यस बैंकले देशका ७ ओटै प्रदेशमा आफनो कार्यक्षेत्र विस्तार गरिसकेको जनाएको छ ।
कति छ बैंकको सम्पति ?
राष्टिय खाद्य बैंकले हालसालै ललितपुरको कुसुन्तीमा केन्द्रिय कार्यालय प्रयोजनको लागि ५ करोड ५० लाख लागतमा घर खरिद गरेको उसको प्रतिबेदनमा उल्लेख छ । सो भवनमा आगामी ३ महिनाभित्र केन्द्रिय कार्यालय सरिसक्ने बार्षिक साधारणसभामा संस्थापक अध्यक्ष शंकर उप्रेतीले बताएका थिए । प्रतिबेदन अनुसार बैंकको स्वामित्वमा अर्घाखाँची जिल्लामा ४ करोड लागतको ६५ रोपनी जग्गा रहेको छ । त्यसैगरी सप्तरी जिल्लामा ४ करोड बराबारको ७१ कठ्ठा २ धुर जग्गा खरिद गरेको छ । त्यसैगरी ‘इम्प्याक्ट नेपाल’को शतप्रतिशत शेयर खरिद गरि सिमराको १३ कठ्ठा र पोखराको ३ रोपनी समेत गरी झण्डै ३ करोडको जग्गा जोडेको जनाएको छ । त्यसैगरी ‘मिलन एग्रो हस्वेण्डरी कृषि फर्म’को सप्तरी स्थीत ९ विघा १७ कठ्ठा जमिन झण्डै १५ करोडमा खरिद गरेको छ । त्यसबाहेक पनि बैंकले आफैले कृषि गर्ने प्रयोजनका लागि थुप्रै जग्गा खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ ।

त्यसैगरी बर्दिया जिल्लामा बैंकसँग अहिले दुइ करोड मुल्यको ४ कठ्ठा जमिनमा बनेको गोदाम छ । झापाको गौरादहमा ५० लाख मुल्यको गोदाम रहेको छ । त्यसैगरी प्रतिबेदन अनुसार बैंकसँग सर्लाहीको बरथवामा करिव १ करोड लगानीमा कृषि उत्पादन संकलन तथा विक्रि केन्द्र रहेको छ । सबैभन्दा महत्वपुर्ण त बैंकले विराटनगर बेलबारीमा करिव ५१ कठ्ठा जमिन सहित ५२ करोड लगानीमा दाना उद्योग सञ्चालन गरिरहेको छ । त्यस आलवा बैंकसँग १ करोड मुल्य बराबरको मार्ट, २ करोड बराबरको बिउविजन र १ करोडको आयात निर्यातको लगानी रहेको छ । त्यसैगरीकन बैंकसँग कृषि उत्पादनका लागि चाहिने मेशिन, औजार तथा सामानहरु रहेका छन् । त्यस आलवा बैंकले झापा, बर्दिया, कास्की सहितका जिल्लाहरुमा किसानसँग जग्गा भाडामा लिएर ठुलो पैमानामा कृषि उपजको उत्पादन गरिरहेको छ । खासगरी धान, मकै, गहुँ, दाल, तोरी, भटमास सहित विविध कृषि उत्पादनमा बैंकको जोड रहेको संस्थापक अध्यक्ष शंकर उप्रेतीले बताए । उप्रेतीले बैंकसँग अहिले कुल ९० करोड हाराहारीको सम्पती रहेको बिजनेसपोष्टलाई बताए । उनका अनुसार सो बाहेक पनि बैंकले कृषि पर्यटनका लागि विभिन्न योजना अघि सारेको छ । त्यसका लागि पनि दिर्घकालिन हिसावले काम गर्ने लक्ष्य सहित तराईका आधा दर्जन जिल्लाहरुमा जग्गा खरिद सम्झौता भइसकेका छन् । ती जग्गाहरु तत्काल गरिद गर्ने प्रक्रियामा बैंक रहेको प्रतिबेदनमा उल्लेख छ । आगामी दिनहरुमा कृषि क्षेत्रको सबैभन्दा भरपर्दो, विश्वासिलो र उत्पादनको हिसावले ठुलो संस्था बनाउने आफुहरुको लक्ष्य रहेको उप्रेतीले बताए ।

नयाँ सिइओमा डा उप्रेती
खाद्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अहिले डा.शंकरनाथ उप्रेती बाहल छन् । उनी मानार्थ पिएचडी हुन् । बैकको हालै सम्पन्न ५औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी सुम्पेको हो । यसअघि उप्रेती सोही बैंकको संस्थापक अध्यक्षको रुपमा कार्यरत थिए । राष्टिय खाद्य बैंक लिमिटेडको संस्थापक अध्यक्ष रहेर ५ बर्ष योगदान पुर्याएका उप्रेतीले बैकको स्थापना, विचार निर्माण र कृषि आत्मनिर्भरता अभियान चलाउँदै आएका छन् । कृषि क्षेत्रमा रहेर ३० बर्ष भन्दा बढी अवधिको कार्य अनुभव भएको उनले बताए ।

नयाँ सञ्चालक समितिको अध्यक्षमा प्रधान
राष्ट्रिय खाद्य बंैङ्कको हालै सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाले अध्यक्षमा किशोर कुमार प्रधान, सञ्चालक सदस्यहरुमा प्राडा भरत पहारी, प्राडा मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा हरिकृष्ण दहाल, सुर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल गरी ७ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ ।

बैंक सल्लाकारमा पुर्व गर्भरनर देखि कृषि विज्ञसम्म
खाद्य बैंकको वयबसाइट राष्ट्रियखाद्यबैकडटकममा राखिएको विवरण अनुसार बैंकको सल्लाहकारहरुमा पुर्बगर्भनर दिपेन्द्रबहादुर क्षेत्री, कृषि तथा वन विज्ञान विश्व विद्यालयका पुर्ब उपकुलपति प्राडा कैलाशनाथ प्याकुरेल, राष्ट्रिय कृषि अनुसन्धान परिषदका पुर्व कार्यकारी निर्देशक डा.दिलबहादुर गुरुङ्ग, राष्ट्र बैंकका निर्देशक डा शंकरप्रसाद आचार्य, कुमारी बैंकका सञ्चालक प्राडा गणेशप्रसाद पाठक, सार्वजनिक स्वास्थ्य पोषण विज्ञ डा पुष्पा आचार्य, युनिशेफ प्रमुख क्षेत्र कार्यालय घानामा कार्यरत भानुभक्त पाठक, कृषि तथा खाद्य सुरक्षा नीति अर्थशास्त्रका विज्ञ डा पुरुषोत्तम मुडबरी, चीनका लागि पुर्ब राजदुत डा कृष्णप्रसाद ओली, काँगे्रस नेतृ सिर्जना सिंह, गित गजलकार तथा समाजसेवी लिलादेबी श्रेष्ठ, सन्त कुँवर र ओम प्रकास पाण्डे रहेका छन् । त्यसैगरी खाद्य बैंकको विषयगत विज्ञ सल्लाकारहरुमा कृषि तथा खाद्य पोषण क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तिहरु रहेका विवरणमा उल्लेख छन् ।

व्यवसायिक कृषिमा पाइला अघि बढाएको बैंकले अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौंलाई रोजगारी दिएको संस्थाका कार्यकारी शंकर उप्रेती बताउँछन् । हाल यस बैंकले देशका धेरै वटा स्थानहरुमा कृषि गरिरहेको छ । कतिपय ठाउँहरुमा आफनै जग्गा जमिनमा त, कतिपय ठाउँहरुमा भाडामा लिएर कृषि गरिरहेको छ । यसलाई बृहत र व्यापक हिसावले अघि बढाउने गरी संस्था अघि बढीरहेको डा उप्रेतीले बताए । उनका अनुसार संस्थाको ३० करोड हाराहारीको आइपिओ निष्काशन भइसकेपछि थप जग्गा तथा कृषि मेशनरी औजार खरिद गरिने उनले बताए । अन्त्यमा, उप्रेतीले भने देशकै सबैभन्दा ठुलो, विश्वासिलो ब्यवसायिक कृषिको हब खाद्य बैंकलाई बनाइनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया