२०८२ फाल्गुन ६ | Feb 18, 2026

रवि लामिछानेलाई नख्खुबाट सिंहदरबार ल्याइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १९
|
1.2k views

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते डिल्लीबजार कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि आज सिंहदरबार ल्याइएको हो ।

उनलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले आज सोधपुछ गर्दैछ । यसैका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याइएको हो ।

कारागारबाट निस्कनुको कारणबारे सोधपुछका लागि उच्चस्तरीय जाँचबुझ आयोगले झिकाउन भनेपछि लामिछानेलाई आज नख्खु कारागारबाट सिंहदरबार ल्याइएको एक स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया