२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः २ अंकभन्दा बढीले बढ्यो नेप्से परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २०
|
765 views

ललितपुर । आज साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढीले बढेर भएको छ।

बुधबार अर्थात अघिल्लो कारोबार दिन १२.१७ अंक बढेर २६०७.४२ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा २.३० अंक बढेर २६०९.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८२ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४९ स्टकको ११४ पटकको कारोबारमा ४४ लाख ६५ हजार ५३४ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ४०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया