२०८२ फाल्गुन ६ | Feb 18, 2026

सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २०
|
867 views

ललितपुर। विहीबार खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।

यस वर्ष ए डिभिजन लिग नगर्ने निर्णयविरुद्ध खेलाडीहरुले यसरी एन्फा अगाडि प्रदर्शन गरेका हुन् । ए डिभिजिन लिग अर्को वर्ष मात्र गर्ने निर्णय गरेपछि यसका विरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।

खेलाडीहरु एकजुट भएर खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । अखिल नेपाल फुटबल संघले पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

एन्फा अगाडि प्रदर्शनमा उत्रेका खेलाडीका साथमा फुटबल समर्थहरु मिसिएका छन् । विहीबार खेलाडीहरुले प्रदर्शन सुरु गरेपछि एन्फाको गेट बन्द गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेपछि खेलाडीहरु प्रदर्शनमा उत्रेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया