२०८२ फाल्गुन ६ | Feb 18, 2026

लगातार दोस्रो दिन पनि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २१
|
7.3k views

ललितपुर । साताको अन्तिम दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । विहीबारको बजारमा सुन प्रतितोला २ लाख ३७ हजार ८०० को रुपैयाँ कायम थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । जसअनुसार विहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार २० रुपैयाँ कायम भएको छ । विहीबारको बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया