ललितपुर । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् । लघुबित्तको २०८२/०७/१९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
उनलाई लघुबित्तको आगामी आर्थिक साधारणसभाका लागि नियुक्त गरिएको हो ।

यसअघि उक्त पदमा एनआइसी बैंक लिमिटेडका तर्फबाट सुमन थपलियाले प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।
बैंकिङ्ग क्षेत्रमा १६ वर्षको लामो कार्यानुभव भएका भट्टराई हाल एनआइसी एशिया बैंक लिमिटेडमा चिप अग्रिकल्चर एण्ड अदर कर्पोरेट लोनका रुपमा कार्यरत रहेका छन् ।
उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया