|
|
२०८२ कार्तिक २५
11.6k views
ललितपुर । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुन प्रतितोला ४ हजार ९०० रुपैयाँका दरले बढेको छ भने चाँदीमा पनि १ सय पाँच रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार भने ४ हजार ९०० रुपैयाँले वृद्धि भएको हो । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार भने सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी ३ हजार ६५ रुपैयाँमा कायम थियो ।





फेसबुकबाट तपाईको प्रतिक्रिया