|
|
२०८२ कार्तिक २६
5.9k views
ललितपुर । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । आज छापावाला सुन प्रतितोला २ हजार १०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १ सय ७० रुपैयाँ कायम थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया