|
|
२०८२ कार्तिक २७
8.3k views
ललितपुर । नेपाली बजारमा विहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ५ हजार ९०० सय रुपैयाँले बढेको छ भने चाँदी पनि १७० रुपैयाँले वृद्धि भएको हो ।
बुधबार २ हजार १०० रुपैयाँले बढेको सुनको मूल्य विहीबार ५ हजार ९०० रुपैयाँले बढ्न पुग्यो । त्यस्तै बुधबार ५ रुपैयाँले मात्र बढेको चाँदीको मूल्य विहीबार एक्कासी १७० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य बुधबार २ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ३ हजार ३ सय ४५ रुपैयाँ पुगेको छ । बुधबार भने चाँदी ३ हजार १ सय ७५ रुपैयाँमा खरिदविक्री भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया