२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचकमा करिब ६ अंकको गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २७
|
816 views

ललितपुर । आज विहीबार अर्थात् साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ६ अंक घटेर बन्द भएको छ।

बुधबार अर्थात् अघिल्लो कारोबारको दिन २०.५६ अंक घटेर २५४४.५९ विन्दुमा बन्द भएको नेप्से, विहीबारको सोही सेसनमा भने ५.९६ अंक घटेर २५३८.६२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९८ अंक घटेको छ।

आजको प्रि ओपन सेसनमा ५७ स्टकको ९२ पटकको कारोबारमा १९ लाख ५८ हजार ५३ रुपैयाँबराबरको २ हजार ८५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया