२०८२ फाल्गुन ६ | Feb 18, 2026

५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न राष्ट्र बैंक र चाइना बैंकबीच सम्झौता

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २७
|
1.5k views

ललितपुर । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्न चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ’ सँग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको हो ।

नेपाली ५० रुपैयाँ दरको ४२ करोड थान नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि मिति २०८२/०४/०९ बोलपत्र आह्वान गरिएको थियो । उक्त सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) रहेको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकले २०८२ साउन ९ गते (तदनुसार २५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो ।

उक्त साउन ९ को बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रश्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको थियो । बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया