१० वाणिज्य बैंकहरुले फेरि घटाए ब्याजदर

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
1.5k views

ललितपुर - ललितपुर । कात्तिक महिनाको तुलनामा मंसिर महनामा वाणिज्य बैंकहरुले फेरि ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । भोली अर्थात् मंसिर १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०।१६० प्रतिशत विन्दुले घटेको छ ।

कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिर महिनाका लागि ५.०४०५ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । उक्त बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।

यस्तै, १० वटा वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउँदा बाँकी १० वटा बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राखेका छन् ।

मंसिरका लागि ब्याजदर घटाएका बैंकहरुमा सिटिजन्स, नबिल, कुमारी एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, सानिमा, हिमालयन र नेपाल एसबीआई रहेका छन् ।

ब्याजदर स्थीर राख्ने ब्याजहरुमा भने कृषि विकास, एभरेस्ट, नेपाल, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक रहेका छन् ।

बैंकहरुले छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र ३ वर्षभन्दा माथि वा लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । अधिकांशले ५ वर्षभन्दा माथिको अवधिका लागि व्यक्तिगत मुद्दतीमा उच्चतम ब्याजदर दिइरहेका छन् ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा यसरी क्रमशः ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय ब्याजदर व्यवस्थापनका लागि एक वर्ष वा त्यो भन्दा लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

यस्तो छ मंसिर महिनाका लागि ब्याजदर तालिका

व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूले दिने अधिकतम ब्याजदर सूची

बैंककात्तिकको ब्याजदर %मंसिरको ब्याजदर %
कृषि विकास४.९५४.९५
एभरेस्ट
नेपाल५.२५५.२५
लक्ष्मी सनराइज
माछापुच्छ्रे
एनआईसी एसिया५.७५
प्रभु४.९५४.९५
स्टान्डर्ड चार्टड४.७
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल४.९५४.७५
ग्लोबल आईएमई
सिद्धार्थ५.५
प्राइम कमर्सियल४.७५
कुमारी५.०१४.९१
सानिमा५.१५
हिमालयन५.५
नेपाल एसबीआई४.८
इन्भेस्टमेन्ट मेगा
एनएमबी
सिटिजन्स४.७५
 पात्रो/राशिफल  रेडियो YouTube