|
|
२०८२ मंसिर १
10.5k views
ललितपुर । नेपाली बजारमा आइतबार ६ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोा २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ कायम थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने चाँदीको मूल्य ३ हजार १ सय ३५ रुपैयाँ कायम थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया