|
|
२०८२ मंसिर १
969 views
ललितपुर । आज सोमबार अर्थात् साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंकभन्दा बढीले बढेर बन्द भएको छ।
आइतबार अर्थात् अघिल्लो कारोबार दिन ५.१५ अंक घटेर २५४०.५७ विन्दुमा बन्द भएको नेप्से, सोमबार सोही सेसनमा ३.३१ अंक बढेर २५४३.८८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२५ अंक बढेको छ।
त्यसैगरी आज प्रि ओपन सेसनमा ३५ स्टकको १०६ पटकको कारोबारमा २५ लाख ५ हजार ६४६ रुपैयाँ ६० पैसाबराबरको ४ हजार ६५६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।












फेसबुकबाट तपाईको प्रतिक्रिया