प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार एक दर्जन दलले दिए दर्ताको निवेदन

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १
|
969 views

ललितपुर - ललितपुर । फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । आयोगले सोमबारबाट निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गरेको हो। सोमवारदशौ नम्बर सम्म रहेका पार्टीहरुमा नेपाली कम्युनिष्ट पार्टी, मंगोल नेशनल अर्गनाइजेशन बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी ,नेपाल मानवतावादी पार्टी, देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी ,देशभक्त समाज पार्टी, नेपाल लोकतान्त्रिक पार्टी छन् । ११ औ नम्बरमा नेपाल मजदुर किसान पार्टी , १२ औँ नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र १३ औँ नम्बरमा आम जनता पार्टी दर्ता भएको छ ।

यस्तै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिस्ट पार्टीले दर्ता गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक दलले मंसिर १० गतेभित्र र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर ७ गते सम्म दर्ता गर्न समय दिएको छ ।

      निर्वाचन प्रयोजनका लागि आयोगले आजबाट निवेदन लिन थालेको हो । आयोगले आज परिवर्तन दललाई नयाँ दलको दर्ताको प्रमाणपत्र छ ।

       पात्रो/राशिफल  रेडियो YouTube