ललितपुर। पटक पटक विवादमा आइरहने मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं सोमबार मध्यरातमा फेरि पक्राउ परेका छन् । जिल्ला प्रशासन काठमाडौंले उनलाई पक्राउ गरेपछि त्यसको बिरोधमा प्रसाईं संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ ।
सोमबार दिउँसो पत्रकार सम्मेलन गरी प्रसाइँले आगामी मंसिर ७ गतेदेखि देश नै ठप्प पार्ने आन्दोलनको तयारी गरिरहेको बताएका थिए । खुलेआम आन्दोलनको प्रचार गरिरहेका प्रसाईंलाई शान्ति सुरक्षामा खलल पु¥याउन खोजेको आरोपमा नेपाल प्रहरीले भक्तपुरको ठिमीस्थित उनको निवासबाटै पक्राउ गरेको हो ।
हिंसा भड्किने खालको अराजक गतिविधि भन्दै एकातिर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ भने आर्कोतिर नागरिक बचाउ दलले उनकै रिहाइका लागि सडक संघर्ष गर्ने भएको छ ।
प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले मंगलबारबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने नागरिक बचाउ दलका नेताहरुले बताएका छन् ।
प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया