२०८२ फाल्गुन ६ | Feb 18, 2026

राट्रिय नाचघर जमलमा ‘एक चिहान’ मञ्चन -दर्शकहरुको उत्साहजनक साथ

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ५
|
2.1k views

ललितपुर । ओजस थिएटरले साँस्कृतिक संस्थान राट्रिय नाचघर जमलमा आज तीन शो नाटक ‘एक चिहान’ मञ्चन गरेको छ । नाटकमा मदन थापा, जे बी डिसी, कल्पना थापा, रिता थापा, सानु पाण्डे, अशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्वल साईपुम राई, समीर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कडेल, गोविन्द खड्का, रश्मी गुरुङ, अञ्जना दुलाल, प्रदीप विश्वकर्मालगायत कलाकारको अभिनय छ। आजका तीन वटै शो हाउसफूल थिए ।


हृदयचन्द्र सिंह प्रधानको चर्चित कृतिमा आधारित यस नाटकको रूपान्तरण हर्क मगरले गरेका हुन् । निर्देशन सागर कार्कीले गरेका छन्। नाटकलाई दर्शकहरुले उत्साहजनक साथ दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया