ललितपुर । दाङमा जन्मिएर दाङ बाटै कला यात्रा थालेका नरेश रेग्मी गायक, अभिनेता र निर्देशक समेत हुन् । केही नेपाली चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनेताका रूपमा जमेका नरेशले बेला बेला आफ्नै स्वरमा गीत निकाल्ने गरेका छन् । हाल अष्ट्रेलियालाई कर्मथलो बनाएका नरेशले उतैबाट पनि र नेपाल आएका बेला गीत गाउने र अभिनय गर्ने दुवै काम गर्दै आएका छन् ।
एन आर कृयशन नामक आफ्नै युुट्युव च्यानल चलाएका रेग्मीले नेपालका प्रख्यात सङ्गीतकर्मी र कलाकर्मी सँगै सहकार्य गर्दै आएका छन् । प्रसिद्ध गीतकार लोकराज अधिकारी र सङ्गीतकार दीपक शर्मा सँगको सहकार्य क्यार्नी होला खोई ? , वसन्त सापकोटा सँगको सहकार्य म सास बन्न पाए ,शिव हमाल सँगको सहकार्य आयो दर्शै, लगायतका गीत सार्वजनिक गरेका रेग्मीले पछिल्लो गीत सङ्गीतकार प्रकाश रेग्मी सँगको सहकार्यमा तिम्रै हुँ म बोलको गीत को म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
भिडियोमा उनी नायिका प्रियङ्का कार्कीसँग रोमान्टिक अवतारमा देखिएका देखिएका छन् । भिडियोलाई साढे ४ लाख बढी दर्शकले हेरिसकेका छन्। प्रवासमा बस्दै आएका गायक तथा मोडल रेग्मीले प्रवासीको कथालाई पनि भिडियोमा समेटेका छन् । मौसम हिमालीले निर्देशन गरेको भिडियोले युवा पुस्ताको मन जितेको पाइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया