|
|
२०८२ मंसिर ९
816 views
ललितपुर । आज कारोबारको तेस्रो दिन अर्थात् मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेर बन्द भएको छ।
सोमबार अर्थात् अघिल्लो कारोबार दिन ५०.४४ अंक बढेर २६५०.६६ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा ३.६१ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३६ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ६८ स्टकको २१३ पटकको कारोबारमा २८ लाख ७१ हजार ७४७ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ८७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३७ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।














फेसबुकबाट तपाईको प्रतिक्रिया