२०८२ फाल्गुन ६ | Feb 18, 2026

नेक्सजेन म्यानेजमेन्टले आइपीओ निष्कासन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ९
|
867 views

ललितपुर। नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले यसपटक रु. १०० अंकित दरका यी सेयरमार्फत कुल रु. १५ करोड बराबरको पुँजी जुटाउनेछ। यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ।

उक्त नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता मंगलबार राजधानीस्थित लक्ष्मी सनराज क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। सम्झौतामा नेक्सजेनका तर्फबाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पुँजी रु. १०० करोड र जारी पुँजी रु. ५० करोड छ। कम्पनीले स्थापनाको तेस्रो वर्षदेखि लगातार छ वर्षसम्म खुद मुनाफा आर्जन गर्दै आएको छ। गत वर्ष नगद लाभांश वितरण गरेको कम्पनीले चालु वर्षको मुनाफा जगेडा कोषमा सारिएको बताइएको छ। साथै कम्पनीको नेटवर्थ पनि सेयरको अंकित मूल्यभन्दा उच्च रहेको जानकारी दिइएको छ।

कम्पनीका अध्यक्ष पूर्व बैंकर्स तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह रहेको नेक्सजेनको सम्झौता कार्यक्रममा सेयर धनी विजय बहादुर शाह र कमल पन्थीको समेत उपस्थिति थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया