२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनपिएल अपडेट : मंगलबार दुई खेल हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १६
|
969 views

ललितपुर । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् ।

राजधानीको त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछ भने दोस्रो खेल अपराह्न ४ः०० बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच हुँदैछ ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन राइनोज भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।

अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेलमात्र जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया