२०८२ फाल्गुन ६ | Feb 18, 2026

बजाजको ‘डोमिनार डे’ घोषणा, राइड अपग्रेड गर्ने अवसर

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १६
|
1.3k views

ललितपुर । बजाजले बहुप्रतीक्षित ‘डोमिनार डे’ सुरू भएको घोषणा गर्दै सबै राइडप्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान् गरेको छ । नोभेम्बर ३० देखि डिसेम्बर ५, २०२५ सम्म बाइकर्स क्याफे नक्सालमा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले डोमिनार ४०० को पावर, कन्ट्रोल र पर्फमेन्स प्रत्यक्षरूपमा अनुभव गर्ने अवसर पाउनेछन् ।

‘डोमिनार डे : आफ्नो राइड अपग्रेड गर्ने सुवर्ण मौका’ भन्ने सन्देशसहित सञ्चालन भइरहेको यो क्याम्पेनले आफ्नो राइड अपग्रेड गर्न चाहनेहरूलाई विभिन्न आकर्षक अफर र सुविधाहरू उपलब्ध गराइरहेको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा सहभागीहरूले अल्फा सिएस, अर्मोरेड राइडिङ ज्याकेट, एमटी हेलमेटजस्ता सुरक्षित र स्टाइलिस राइडिङ गियर प्राप्त गर्नेछन् । साथै, नागरिकताको भरमा ‘इएमआई’ सुविधामार्फत सरल र झन्झटमुक्त वित्तीय सेवा पाउने व्यवस्थासमेत गरिएको छ । पुराना बाइकको उत्कृष्ट मूल्याङ्कन र खेलप्रेमीहरूको लागि एनपिएलको टिकटजस्ता बोनस अवसरहरू पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, सहभागीहरूले स्पोन्सर्ड विकेन्डर राइड जित्ने मौका पाउनेछन् र टेस्ट राइडमा डोमिनार मर्केन्डाइज पनि प्राप्त गर्न सक्नेछन् । आफ्नो डोमिनार भए पनि नयाँ मोडेलमा रुचि राख्नेलगायत सबैका लागि यो कार्यक्रम विशेष अवसर बन्ने विश्वास गरिएको छ । सहभागीहरूले डोमिनार ४०० को दमदार पावर, उत्कृष्ट पर्फमेन्स र आरामदाई अनुभव गर्ने मौका पाउनेछन् ।

सहभागीहरूले बाइकर्स क्याफे, नक्सालमा पुगेर डोमिनार ४०० को वास्तविक राइड अनुभव गर्नुका साथै उपलब्ध अफरहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यो कार्यक्रम बाइकर्स क्याफेमा दैनिकरूपमा सञ्चालन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया