|
|
२०८२ मंसिर १६
2.2k views
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका ६, होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्स बिरामी पुर्याएर फर्किने क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परि घाइते हुनेमा एम्बुलेन्स चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई रहेको छन् ।
बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको हतुवागढी ६ का वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर भएकाले उनीहरुको हेलिकप्टरमार्फत उद्धार गरिन लागेको बताइएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया