२०८२ फाल्गुन ६ | Feb 18, 2026

आजको मौसम : काठमाडौँमा दिनभर आंशिक बदली हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
1.1k views

ललितपुर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज दिनभर आंशिक बदली हुने महाशाखाको पूर्वानुमान छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ९।१ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया