२०८२ फाल्गुन ६ | Feb 18, 2026

समानुपातिक उम्मेदवार सूचीमा ५० प्रतिशत महिला अनिवार्य

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
765 views

ललितपुर। निर्धारित समय अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा पनि ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा व्यवस्था भएअनुसार राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कूल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने छ ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि निर्वाचन कानुनले संविधानको सो मर्म आत्मसात् नगरेको भन्दै विभिन्न समयमा पटक पटक कानुन संशोधनको माग समेत उठ्दै आएको थियो ।

यसअघि पहिलो संविधानसभाका चार सभासदसहितको टोली (रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायत) ले निर्वाचन आयोगका पदाधिकारीहरुलाई भेटेर कम्तिमा ५० प्रतिशत महिला सुनिश्चित गराउन माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया