२०८२ फाल्गुन ६ | Feb 18, 2026

पोखरा विमानस्थल अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीहरू बिरुद्ध भ्रष्टाचार मुद्दा दायर : ५५ जना प्रतिवादी

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २१
|
1.4k views

ललितपुर । पोखरा विमानस्थल अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीहरू बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


तत्कालीन मन्त्रीहरु डा रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य सहित १० जना तत्कालीन सचिवसमेतलाई विपक्षी बनाएर दायर भएको छ ।


निर्माणकर्ता चिनियाँ कम्पनीलाई पनि विपक्षी बनाइएर आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार बिगो बनाइएको मुद्दामा तत्कालीन पाँच मन्त्री, १० सचिव र तत्कालीन आयोजना प्रमुख तथा निलम्बित नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारसहित ५५ जना प्रतिवादी छन् । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया