ललितपुर । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रिट सु्नुवाइका लागि पेशी तोकिएको छ । शाक्यले दायर गरेको रिट सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
पूर्व कार्यकारीरी निर्देशक शाक्यको रिट आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको हो ।
ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशक बनाएका शाक्यलाई सरकार परिवर्तन भएसँगै पदबाट हटाइएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै शाक्यलाई पदबाट हटाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरेको थियो र मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णविरुद्ध असन्तुष्टि जनाउँदै शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । यसअघि गत कात्तिक २१ गते शाक्यको रिटमा सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
शाक्यको रिटसँगै कुलमानले पनि आफूलाई प्राधिकरणको निर्देशबाट हटाउने सरकारको निर्णयविरुद्ध दिएको रिटलाई पनि साथै राखेर सर्वोच्चले सुनुवाइका लागि पेशी तोकेको छ । यसअघि कुलमानको कार्यकाल बाँकी रहँदै केपी ओली नेतृत्वको सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया