एनपिएल अपडेट : आज एलिमिनेटरमा काठमाडौँ र लुम्बिनीबीच प्रतिस्पर्धा हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
1.2k views

ललितपुर - ललिपतुर । राजधानीको त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग विहीबार खेल्नेछ ।

यसअघि विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube