|
|
२०८२ मंसिर २४
7.9k views
ललितपुर । नेपाली बजारमा विगत पछिल्लो समय निकै उतारचढाव देखिएको सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ । आज पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदी उच्चदरमा बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा खरिदविक्री भइरहेछ । मंगलबार भने सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चादी प्रतितोला १५० रुपैयाँका दरले बढेको छ । जसअनुसार बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजाजर ७ सय ५० रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार भने चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया