ललितपुर । वित्तीय प्रणालीमा अधिक तरलता जम्मा भएपछि आज (बुधबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्न लागेको छ । वित्तीय प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले आज फेरि पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यसको साँवा तथा ब्याज भुक्तानी पुस १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।








फेसबुकबाट तपाईको प्रतिक्रिया