२०८२ फाल्गुन ६ | Feb 18, 2026

सिंहदरबारमा सुदन गुरुङले भेटे प्रधानमन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २४
|
1.7k views

ललितपुर । बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटमा गुरुङले सरकार र जेनजीबीच जारी सम्झौता प्रक्रियामा भएको प्रगति प्रति चासो व्यक्त गरेका हुन् ।

जेनजी आन्दोलनको जगमा बनेको सुशीलाका कार्की नेतृत्वमा अन्तरिम सरकारले जेनजीको माग अनुसार के कति काम भइरहेको छ भन्ने विषयमा चासो राख्दै गुरुङले प्रधानमन्त्री समक्ष भेट गरेका हुन् । उनले जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौता टुंग्याउने काम जतिसक्दो तीब्र रुपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति समक्ष पठाइने हस्ताक्षर प्रक्रिया ढिला हुन नहुने कुरामा प्रधानमन्त्रीलाई स्मरण गराए ।

बुधबार भएको भेटमा गुरुङले जेनजी आन्दोलनमा सहभागी युवामाथि भएको धरपकडको विषय पनि उठाएको दावी स्रोतले गरेको छ। उनका अनुसार धरौटी तिर्न नसकेका युवाहरूलाई पुर्पक्षमा थुनामा पठाइएको छ, जसले आन्दोलनकारी परिवारहरू थप समस्यामा परेको बताउँदै आवश्यक पहलका लागि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया