२०८२ फाल्गुन ६ | Feb 18, 2026

आप्रवासन नीतिमा अमेरिकाको निरन्तर कडाइ, एकपैटक ८५ हजार भिसा रद्द

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
1.4k views

वासिङटन डीसी । जब अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको प्रवेश भयो तब अमेरिकाले आप्रावासन नीतिमा निरन्तर कडाइ गरिरह्यो । पछिल्लो समय अमेरिकी विदेश विभागले कडा आप्रवासन नियमन लागू गर्दै सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गरिएको घोषणामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा निरन्तर कडाइ गरेको र ‘अमेरिकालाई फेरि सुरक्षित बनाऔं’ भन्ने नारालाई प्राथमिकतामा राखिएको उल्लेख छ।

ट्रम्प प्रशासनले यसरी धमाधम भिसा रद्द गर्नुको पछाडि अपराध नियन्त्रण तथा सीमा सुरक्षालाई नै प्रमुख कारणका रूपमा प्रस्तुत गरिएको छ। अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार रद्द गरिएका कुल ८५ हजार भिसामध्ये ८ हजारभन्दा बढी विद्यार्थीको भिसा समावेश छन्। तीमध्ये असुरक्षित गाडी चलाउनु, चोरी, आक्रमणलगायत विभिन्न कानुन उल्लंघनका आधारमा धेरै भिसा रद्द गरिएको सीएनएनलाई उद्धृत गर्दै बताइएको छ।

अमेरिकी विदेश विभागका अनुसार यस्ता अन्य भिसा रद्द गरिनुका कारणहरुमा भिसाको अवधि सकिएर पनि अमेरिकामै बसिरहनु, आतंकवादसँग सम्बन्धित समर्थन, अवैध क्रियाकलाप तथा राष्ट्रिय सुरक्षामा खतरा मानिएका गतिविधिहरूमा संलग्न भएको आशंकामा धमाधम भिसा रद्द गर्दै आएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया