२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
14.3k views

ललितपुर । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । विहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ भने चाँदी पनि प्रतितोला ५५ रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । आज चाँदी प्रतितोला ३ हजार ८ सय ५ रुपैयाँमा खरिदविक्री भइरहेको छ । बुधबार भने चाँदी प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया