२०८२ फाल्गुन ६ | Feb 18, 2026

गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो : ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २५
|
1.1k views

ललितपुर । तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई गोबर टाँसेको कलाबिहीन सरकार भनेका छन् । उनले जेनजी र सरकारबीच भएको सम्झौतालाई गोबर टाँसेको सरकाले गरेको बलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा ओलीले वर्तमान अन्तरिम सरकारलाई यस्तो टिप्पणी गरेका हुन्। उनले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए ।

वर्तमान अन्तरिम सरकाले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? भन्दै प्रश्न गरे । उनले सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे । सरकार र जेनजीबीच भएको १० बुँदे सहमति पछि उनले भने, “हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ? गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो ।’

पटक पटक सार्वजनिक रुपमा संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै आएका ओलीले आज पनि वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापन नै अन्तिम विकल्प भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया