|
|
२०८२ मंसिर २६
12.5k views
ललितपु । आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाउन सफल भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाला सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो । बिहीबारको बजारमा भने चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।






फेसबुकबाट तपाईको प्रतिक्रिया