२०८२ फाल्गुन ६ | Feb 18, 2026

निभिक्स फर्मास्युटिकल्स आईपीओ निष्काशन गर्दै, पुष १८ गते साधारणसभा गर्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २६
|
1k views

ललितपुर । निभिक्स फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणहरुको लागि साधारण शेयर जारी गर्ने प्रस्तावसहित आगामी पुस १८ गते साधारणसभा गर्ने भएको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको मंसिर २५ गते, बिहीबार बसेको बैठकले गरेको हो ।

साधारण सभा पोखरा इभेन्ट सेन्टर, पोखरामा आयोजना हुनेछ । सभामा ४ वटा सामान्य तथा ३ वटा विशेष प्रस्ताव पेस गरिनेछ । आइपीओ निष्कासन सम्बन्धी बाँकी प्रक्रिया अघि बढाउन आवश्यक सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव मुख्य एजेन्डामा रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको उत्पादन फ्याक्ट्री तनहुँमा अवस्थित रहेको छ र सार्वजनिक निष्कासनमार्फत व्यवसाय विस्तार तथा संस्थागत सुदृढतामा महत्वपूर्ण कदम अघि बढाउने तयारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया