|
|
२०८२ मंसिर २८
9.4k views
ललितपुर । नेपाली बजारमा पछिल्ला दिनहरुमा सुनको मूल्य निकै रफ्तारमा बढिरहेको छ । विगत एक वर्षको समयभित्र सुनमा सुनको मूल्य यसरी बढेको यो इतिहासकै पहिलो हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने रेकर्ड मूल्यबाट केही ओर्लिएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने चाँदीको मूल्य ३ हजार ९ सय ५ रुपैयाँ तोकिएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया