|
|
२०८२ मंसिर २८
1.4k views
ललितपुर । आज आइतबार अर्थात् साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
गत विहीबार अर्थात् अघिल्लो कारोबार दिन १.६६ अंक घटेर २६०७.३७ विन्दुमा बन्द भएको नेप्से, आइतबार सोही सेसनमा ०.३२ अंक घटेर २६०७.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।
यस्तै, आज प्रि ओपन सेसनमा ४८ स्टकको ८१ पटकको कारोबारमा ७३ लाख ८१ हजार १८५ रुपैयाँ ९० पैसाबराबरको १४ हजार ४०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।













फेसबुकबाट तपाईको प्रतिक्रिया