२०८२ फाल्गुन ६ | Feb 18, 2026

आइतबार फेरि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २८
|
969 views

ललितपुर । नेपाल राष्ट्र बैंकले आईतवार फेरि १० दिनका लागि ३५ अर्ब रुपैयाँ निक्षेप खिच्न लागेको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

वित्तीय प्रणालीमा हाल कुल निक्षेप ७५ खर्ब भन्दा धेरै पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न गर्न लागेको हो । यसको ब्याजदर भने बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुष ९ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया