२०८२ फाल्गुन ६ | Feb 18, 2026

अधिकारी खल्तीको सीटीओबाट बाहिरिए : पोखरेल नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २८
|
765 views

काठमाडौँ । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीको प्रमुख प्रविधि अधिकृत (सीटीओ) ध्रुव अधिकारीले पदबाट राजीनामा दिएका छन् । विगत साढे चार वर्षदेखि सीटीओको भूमिकामा रहेका अधिकारी आइतबारदेखि औपचारिक रूपमा कम्पनीबाट बिदा भएका हुन् ।अधिकारीले ९ वर्षअघि खल्ती स्थापना गर्दाको क्षण स्मरण गर्दै आफ्नो कार्यकालमा कम्पनीको पूर्वाधार विकास र टिम विस्तारमा उल्लेख्य काम गरेको बताएका छन् । अधिकारी बाहिरिएसँगै रिक्त पदमा सुबितराज पोखरेल नियुक्त भएका छन् ।

यसअघि मंसिरको पहिलो साता चार वर्षे कार्यकाल पूरा गरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का कम्पनीबाट बाहिरिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया