२०८२ फाल्गुन ६ | Feb 18, 2026

कम्युनिष्ट आन्दोलनमा गरेको योगदान र जनताको सेवा गर्ने चाहनाले केन्द्रीय सदस्यमा मेरो दाबी

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २९
|
1.2k views

यो महाधिबेशन पार्टीलाई एकताबद्ध गरेर देशमा अहिले जुन राजनीतिक अन्यौलता छ, त्यो अन्यौलतालाई चिर्नु र सम्वृद्ध नेपाल बनाउने अभियानमा देशलाई लैजानु नेकपा एमालेको कार्यभार हो । त्यसलाई सफल बनाउनका लागि पार्टी, नेपाल र नेपाली जनतालाई सहि बाटोमा अघि लैजाने उद्देश्य राखेर अधिबेशन गरिएको छ । त्यसकारण यो अधिबेशनको सन्देश भनेको देशको विग्रिएको परिस्थितिलाई सही दिशामा लैजानु हो । नेपाली जनताको विकास र सम्वृद्धिको चाहनालाई सफल बनाउने यसको अभिष्ट हो ।

जेनजी आन्दोलनको जुन उद्देश्य थियो, त्यो उद्देश्यसँग फरक उद्देश्य एमालेको कहिल्यै पनि होइन । एमाले जहिले पनि सम्वृद्ध नेपालको परिकल्पना गर्ने, भष्टाचार विरुद्ध अभियान चलाउने पार्टी हो । जेनजी आन्दोलनबाट उठेका मुद्धाहरु पनि त्यही थियो । भष्टाचार हुनुहुँदैन, अराजकताको स्थितिलाई प्रोत्साहन दिने होइन । त्यो नेकपा एमालेको नै उद्देश्य हो । जेनजीहरुको भित्री उद्देश्य पनि त्यही हो । तर, जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण अहिले असंवैधानिक सरकार बनेको छ । हामी त्यसलाई असंवैधानिक भनिरहेका छौ । त्यो वैधानिक होइन । त्यो सरकारले पनि जेनजीको उद्देश्य अनुरुप काम गर्न सकेको देखिँदैन । अराजकता पनि पहिलेका सरकारहरु भन्दा निकै बढी छ । आर्थिक अराजकता, शुसासनको क्षेत्रमा अराजकता भइरहेको छ । त्यसकारणले जेनजी आन्दोलनले उठाएका सवाल एमालेले पहिले पनि सर्मथन गरेको र यो महाधिवेशनले पनि गर्नेछ । ठुक्क हुनुस् ।

हामी त्यसैको लागि लागिरहेका छौं । जेनजी आन्दोलन भन्दा पहिले नै नेकपा एमालले आफनो सागंठनिक संरचनामा युवाहरुलाई प्रोत्साहित गर्ने, युवाहरुलाई उठाउने, युवाहरुलाई भूमिका र निर्णायक ठाउँमा ल्याउने भन्ने कुराहरु त एमालेको पुराना दस्ताबेजबाट पनि त देखिन्छ । सबै दस्ताबेजमा, सबै अबिधेशनमा माथिदेखि तलसम्म युवाहरुलाई प्राथमिकता राखेर सहभागितामूलक ढंगले ल्याउने भनेकै हो नि । त्यसकारण यो अबिधेशनमा पनि युवाहरुलाई नेतृत्वमा ल्याउने कुरामा प्राथमिकता रहन्छ । त्यसका लागि एमाले पहिले र अहिले अनि जहिले पनि तयार छ ।

त्यो गलत बुझाइ हो । त्यस्तो छैन । महाधिबेशनको उद्घाटन सभामा तपाइ युवाको सहभागिता हेर्नुस् त । यसभन्दा पहिले गरेको एमालेको कार्यक्रममा युवाहरुको सहभागिता हेर्नुस् । म धनुषा जिल्लाको नेता, कार्यकर्ता हो । ठोकुवाका साथ भन्छु युवाको सहभागिता जति एमालेमा छ त्यति अन्य पार्टीहरुमा छँदैछैन ।

म २०४१ सालदेखि राजनीतिमा लागेको हुँ । विद्यार्थी आन्दोलनबाट लागेको मान्छे । विद्यार्थी आन्दोलनका क्रममा धेरै दुख गरेको मान्छे । त्यतिखेर स्ववियु कोषाध्यक्ष, उपाध्यक्ष र सभापति समेत भएको हुँ । एमालेको युवा संघको केन्द्रमा रहेर काम गरेको, कानुन व्यवसायीहरुको संगठनमा केन्द्रिय उपाध्यक्ष भएर काम गरेको, नेकपा एमालेको गैर सरकारी संस्थाको केन्द्रीय कार्य समितिमा रहेर काम गरेको, मानव अधिकारको क्षेत्रमा केन्द्रीय कार्य समितिमा काम गरेको र मधेशमा समाज सेवाका कामहरुमा युवा अवस्थादेखि नै काम गर्दै आएको मानिस हुँ । कोराना होस् वा हरेक महामारीमा, बाढी पहिरोको विपदमा जनताको दैलोदैलोसम्म पुगेर सकेको सहयोग गरेको मान्छे हुँ ।
विद्यार्थी कालदेखि सबै जनवर्गीय संगठनहरुमा केन्द्रीय निकायमा रहेर काम गर्दै आएकोे र पार्टीको केन्द्रीय निकायमा रहेर काम गरिसकेको ब्यक्ति हुँ । म जनप्रतिनिधिको हैसियता संविधानसभा सदस्य भएर संविधान निर्माणमा भूमिका खेलेको, नेपाल सरकारको राज्यमन्त्री पनि भएर काम गरेको हुँ । मैले आफुलाई योग्यता र क्षमताको हिसावले र मेरो कम्युनिष्ट आन्दोलनमा रहेको योगदानको हिसावले योग्य र सक्षम उमेद्वार भएको कारण अहिले पार्टीको केन्द्रीय सदस्यमा दाबी गरेको हुँ । मैले कसैलाई होच्याउन पनि खोजेको हाइन । त्यो खालको स्वभाव मेरो छैन । आपसी सद्भाव र भाइचारा मेरो दिग्दर्शन हो । मिलेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ । र, हरेक साथीभाइहरुको दुख सुखमा सँधै साथमा छु । जीवन पर्यन्त रहन्छु पनि । र, मलाई साथीभाइहरुले माया गर्नुहुनेछ भन्ने पनि विश्वास छ ।

र, म आफुयोग्य छु भनेर जाने हो । योग्य छु भन्ने मलाई विश्वास छ । देशभरबाट आएका प्रतिनिधि साथीहरुले मलाई मेरो जुन जिवनी छ, त्यो जिवनीलाई हेर्ने हो भने मलाई केन्द्रीय सदस्यमा राख्न कसैलाई असहज होला भन्ने लाग्दैन । म सहज ढंगले केन्द्रीय कार्य समितिमा रहेर नेकपा एमालेको नेतृत्वमा रहेर काम गर्न सक्षम आफूलाई ठान्छु ।

कम्युनिष्ट आन्दोलनमै रहेर मैले आफनो विद्यार्थीकालदेखि योगदान गरेको छु । म सक्षम, योग्य र शिक्षाको हिसावमा पनि कानुनमा स्नातक गरेको छु । समाजशास्त्रमा स्नाकोत्तर गरेको छु । कम्युनिष्ट आन्दोलनमा भुमिका पनि मेरो छ । त्यसकारण मलाई उहाँहरुले विश्वास गर्नुहुनेछ भन्ने मलाई लाग्छ ।

अहिलेको नेतृत्वको सन्र्दभमा नेकपा एमालेको भूमिका के हो भने राष्ट्रियतालाई प्राथमिकता राखेर अघि बढ्नु पर्छ । हामी स्वतन्त्र ढंगले नेपाल र नेपालीलाई चिनाउनु पर्छ । कसैको अधिनस्थ रहेर, कसैको नजिक भएर, कसैको दाश बनेर बस्नु हुदैन । राष्ट्रलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर जो मान्छे अगाडि बढ्न सक्छ जो सक्षम छ । त्यसलाई नेतृत्वमा राख्नु पर्छ । त्यसमा चाँहि हाम्रो पार्टी अध्यक्ष केपी ओलीको भूमिका हुन्छ । उहाँको भूमिका सर्वत्र नेपाली जनताले मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले मानेको छ । सक्षम, निर्भिक नेताको रुपमा केपी ओलीलाई चिनिएको छ । केपी ओलीले अहिलेको स्थीतिमा पार्टी र जनताको संरक्षण गर्न प्रमुख भूमिका खेल्न सक्नु हुनेछ । त्यसकारण म संस्थापन पक्षमा छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया