ललितपुर - ललितपुर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । यसका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली समेत सार्वजनिक भइसकेको छ ।
विद्युतीय भोटिङ मेसिनबाट आज अपरान्ह ४ बजेपछिबाट मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।
तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि छन् ।
निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेको छ ।

बिजनेस पाटी