ललितपुर - ललितपुर । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौताको दोस्रो किस्ता नबुझाएका उद्योगको लाइन काट्ने तयारी गरेको छ । दोस्रो किस्ताबापतको बक्यौता तिर्न २४ वटा उद्योगले आनाकानी गर्न थालेका छन् ।
गत आइतबार नै प्राधिकरणले दोस्रो किस्ता वापतको बक्यौता रकम बुझाउन उद्योगलाई पत्राचार गरेको थियो । पत्रा पाइसक्दा पनि २४ वटा उद्योगहरुले बक्यौता वापतको महशुल बुझाउन अटेर गरेपछि प्राधिकरणले विद्युत लाइन तयारी गरेको हो ।
दोस्रो किस्ता तिर्ने बेला भइसकेको र त्यसमा पनि प्राधिकरणले औपचारिक पत्र पठाउँदा समेत उद्योगहरुले दोस्रो किस्ता बुझाउन सम्पर्कमा नआएकाले को प्राधिकरणले ती उद्योगलाई सम्झाउनका लागि पुनः पत्र पठाउने तयारी गरेको छ ।
सर्वोच्चबाट सफाइ पाएर पुन प्राधिकरण फर्किएका हितेन्द्रदेव शाक्यले भने, “हामीले दोस्रो किस्ता तिर्न आउनु भनेर गत आइतबार नै पत्राचार गरेका छौं’, पुनः एक पटक सम्झाउनका लागि पत्र पठाउँछौं । त्यसपछि पनि नआए जतिबेला पनि उद्योगमा लाइन काटिन सक्छ । हामीले पत्रमा नै खुलाएका छौं ।’

बिजनेस पाटी