२०८२ फाल्गुन ६ | Feb 18, 2026

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २
|
867 views

चितवन । चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण गरेको हो ।

चिनियाँ राजदूत छन सङले यो सानो सहयोगबाट अस्पतालको सेवा प्रवाह तथा समग्र स्वास्थ्य सेवाको सुधार गर्न सहयोग पुग्ने बताएका छन् । साथै उनले नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया