२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक ४ अंकले बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ३
|
969 views

ललितपुर । आज साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेर बन्द भएको छ।

बुधबार अर्थात् अघिल्लो कारोबारको दिन ५.७० अंक बढेर २६२५.६९ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा ४.०७ अंक बढेर २६२९.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३४ अंक बढेको छ।

यस्तै आज प्रि ओपन सेसनमा ५५ स्टकको ९१ पटकको कारोबारमा ८० लाख ५१ हजार ६२७ रुपैयाँ ८० पैसाबराबरको ९ हजार २३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया