२०८२ फाल्गुन ६ | Feb 18, 2026

लामिछानेलाई रुपन्देही लगियो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ४
|
1.3k views

ललितपुर। रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि काठमाडौंबाट रुपन्देही लगिएको छ । लामिछानेलाई नख्खु कारागारबाट आज विहानै बिहान काठमाडौं विमानस्थलबाट रुपन्देही लगिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीका अनुसार रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने छन् ।

विहीबार उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

साथमा रवि पत्नी निकिता समेत रुपन्देही गएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया